17.9 C
Kalaiya

Thursday, December 11, 2025
spot_img
17.9 C
Kalaiya
Thursday, December 11, 2025

बारामा सूर्तिजन्य पदार्थ सेवन तथा लागुऔषध न्यूनीकरण सम्बन्धी कार्यक्रम सम्पन्न

spot_img
spot_img

कलैया,२७ जेठ : बारामा सूर्तिजन्य पदार्थ सेवन तथा लागुऔषध न्यूनीकरण सम्बन्धी जनचेतना,कानून सम्बन्धी अन्तरक्रिया,अभिमुखिकरण तथा पैरवी कार्यक्रम सम्पन्न भएको छ।

Advertisement

स्वास्थ्य कार्यालय बारा र जिल्ला प्रशासन कार्यालय बाराको संयुक्त आयोजनामा बारा जिल्लाको कलैयास्थित दरबार होटेलको सभा हलमा मङ्गलवार एक कार्यक्रम बीच उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी रहेका हुन्।

Advertisement

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ अधिकारीले घोडालाई खोलासम्म लान सकिन्छ तर पानी खुवाउन सकिदैन भने। पानी खाने घोडाले नै हो,उनले भने।

Advertisement

लागू औषध सम्बन्धी सबैलाइ थाहा छ,रक्सी,चुरोट,सुर्ती खानु हुदैन। तर यो कुरा ठूलो इसु बनेको छैन,न परिवार, न समाज र न कही उनले भने। जब विकृति संस्कृति बनेपछि सुधरिन गाह्रो हुन्छ,उनले भने। अहिले खुलेयाम नेपाली चेलीहरु तिजमा खुलेयाम बियर चियर्स गरेको तथा हुक्का तानेको फोटोहरु राख्छन् प्रजिअ अधिकारीले बताए।

कार्यक्रममा आएको कुराहरुको कानुनमा त्यस्तै कुरा छ,कानुन कार्वन्यनमा जाने हो भने अहिले ठाउँको ठाउँ यहाबाट अफिससम्म जादा ५० जनालाई कार्वाही गर्न सकिन्छ। तर कारवाही सबै रोगको उपचार होइन उनले भने।पहिलो फेज स्कुलबाट नै सचेतनामूलक सुरुवात गर्नु पर्ने समेत उनले बताए।

जिल्ला प्रहरी कार्यालय बारा अन्तर्गत समुदाय–प्रहरी साझेदारी कार्यक्रमका प्रहरी सहायक निरीक्षक रञ्जन कुमार साहले उक्त कार्यक्रममा उनले प्रशिक्षण दिएका हुन्। लागू औषध दुव्र्यसन न्यूनीकरण गर्ने सम्बन्धी,लागू औषध तथा सूर्तिजन्य पदार्थ सेवनबाट हुने स्वास्थ्य हानी,त्यसबाट जोगिने उपाय तथा कानुनी व्यवस्थाका बारेमा प्रस्तुत गरेका हुन्। सूर्ति,तम्बाकु सम्बन्धी प्रशिक्षक रबि कुमार भास्करले प्रशिक्षण दिएका हुन्।

बारा उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रदिप गुप्ताको अध्यक्षतामा सो कार्यक्रम भएको हो। उक्त कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोदप्रसाद साह,जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई,सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका प्रहरी नायब उपरीक्षक मोहनराज बिष्ट,इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीको विशेष उपस्थिति रहेको हो। उक्त कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक,कक्षा १० का विद्यार्थी,सञ्चारकर्मी लगायतको उपस्थिति थियो।

स्वास्थ्य कार्यालय बाराका प्रमुख राम नरेश प्रसाद यादवले स्वागत गरे । उनले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारे। सो कार्यक्रमको सञ्चालन जनस्वास्थ्य अधिकृत भागिरथ चौधरीले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर