Wednesday, September 9, 2026

१६ वर्षअघिको जग्गा कारोबारलाई लिएर सिमरामा विवाद

Advertisement
Advertisement Advertisement

सिमरा, २९ जेठ। १६ वर्षअघि खरिद गरिएको जग्गा पुनः बिक्रीको प्रयास भइरहँदा सिमरामा विवाद उत्पन्न भएको छ। सिमरा स्थित प्राणनाथ हार्डवेयरका सञ्चालक ईश्वर कुमार श्रेष्ठले वि.सं. २०६६ सालमा करिब ९२ लाख रुपैयाँमा खरिद गरेको ८ कठ्ठा जग्गा अहिले करिब १० करोड रुपैयाँमा बिक्री गर्न लाग्दा विवाद चुलिएको हो।

श्रेष्ठविरुद्ध गोपाल अधिकारी नामका एकजना व्यक्तिले जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिंदै सो जग्गामा आफूले पनि लगानी गरेको भन्दै ५० प्रतिशत लाभांशको दाबी गरेका छन्। उनका अनुसार जग्गा खरिदको बेला श्रेष्ठसँग मिलेर संयुक्त रुपमा पैसा लगानी गरिएको थियो भने रकम काशिम मिया नामका व्यक्तिको खातामा राखिएको थियो।

उक्त उजुरीको आधारमा ईश्वर श्रेष्ठलाई पक्राउ गरी थुनुवा कक्षमा राखिएको थियो, तर पछि परिवारको जिम्मामा छोडिएको जनाइएको छ। अधिकारीले श्रेष्ठविरुद्ध आर्थिक ठगी र जालसाजीको आरोप लगाएका छन्। तर श्रेष्ठले भने आरोपलाई अस्वीकार गर्दै गोपाल अधिकारीसँग कुनै साझेदारी नरहेको दाबी गरेका छन्। उनले उजुरीमा प्रयोग गरिएको कागजात नक्कली भएको बताउँदै, आफूलाई आर्थिक फाइदाको उद्देश्यले जालमा पार्न खोजिएको बताएका हुन्।

यसक्रममा तत्कालीन जग्गा मालिक काशिम मियाले १६ वर्षअघिको कारोबार आफूलाई ठ्याक्कै सम्झन नसक्ने बताएका छन्। श्रेष्ठका अनुसार प्रहरीले थुनाबाट छोडेपछि आवश्यक परे फेरी अनुसन्धानका लागि बोलाउने र उपस्थित नभए पुनः पक्राउ गरिने चेतावनी पनि दिइरहेको छ। जसले उनी तनावमा परेका छन्।

तनाव बढेपछि श्रेष्ठले भने उच्च अदालत जनकपुरको अस्थायी इजलास, बिरगंजबाट अन्तरिम आदेश (स्टे अर्डर) लिएका छन्। २०८२ सालको जेठ २७ गते जारी उक्त आदेशमा अदालतले ईश्वर श्रेष्ठको नागरिक अधिकार हनन हुने कार्य नगर्न, कुनै कागजमा जबर्जस्ती हस्ताक्षर नगराउन, गैरकानुनी रूपमा पक्राउ तथा थुनामा नराख्न स्पष्ट आदेश दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर