Sunday, July 19, 2026

नेपाल ल क्याम्पसमा बाराका प्रभात लहेराको अध्यक्षतामा १७ सदस्यीय समिति गठन

काठमाडौँ, ०१ असार। बाराका प्रभात लहेराको अध्यक्षतामा काठमाडौँ स्थित नेपाल ल क्याम्पसको कार्यसमितिको दोस्रो सम्मेलनबाट १७ सदस्यीय समिति गठन भएको छ।

न्याय, विद्यार्थीको हकहित तथा समाजिक विकासको मुल उदेश्यका साथ स्थापित भएको तराई मधेश कानून विद्यार्थी समाजको नेपाल ल क्याम्पस कार्यसमितिको दोस्रो सम्मेलनबाट सर्वसहमतीबाट बाराको महागढीमाई नगरपालिका बरियारपुर निवासी प्रभात लहेराको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो।

अध्यक्षमा लहेरा सहित उपाध्यक्षमा वीरगन्जकी राजनन्दनी साह, राजनन्दनी साह, जय गुप्ता, निरज साह र सचिवमा बसन्त कुशवाहा, सह-सचीवमा स्मृति यादव, रितेश कुशवाहा, कोषाध्यक्षमा बिभा यादव र सदस्यहरुमा कृष्ण शर्मा, ज्ञान प्रकाश पटेल, प्रिन्स रौनियार, सर्विन यादव, सोनि अधिकारी, आरती साह, धिरेन्द्र सिंह, पुश्पान्जली ठाकुर र बिभिशण यादव चयन भएका हुन्।

तराई मधेश कानून समाजले गत वर्ष कानूनी आवज अभियान अन्तर्गत तराई मधेशका ११ जिल्लामा करिब ४ हजार विद्यार्थीहरुलाई कानूनी विषयहरुमा प्रशिक्षण दिएको थियो । साथै, विभिन्न कानूनी, सामाजिक तथा समसामयिक विषयहरूमा विमर्श र छलफल कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर