आजको राशिफल :
मेष:
सानो प्रयत्नले ठूलो काम बन्न सक्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । शारीरिक तथा मानसिक सुख तथा सन्तुष्टि प्राप्त हुनेछ । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनेछ ।
वृष :
समय शुभ छ, उपयोग गर्नुहोला । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । अध्ययन अध्यापनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । व्यावसायिक कर्मले गति लिनेछ ।
मिथुन :
आज समर्थकहरु बढ्नेछन् । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला । आफ्नो क्षेत्र र विषयमा पकड कायम रहने छ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । धर्मकर्ममा मन जानेछ भने छोटो दुरीको रमाईलो यात्रा हुने देखिन्छ ।
कर्कट :
पूर्वनिर्धारित काममा सहयोगीहरू पछि हट्नेछन् । व्यापार व्यावसायहरु अर्थकर रहने छन् । आफ्नैले समेत हतोत्साहित तुल्याउने चेष्टा गर्नेछन् । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । अध्यात्मिक तथा सामाजिक कार्यहरुद्वारा परोपकार गर्ने सु–अवसर प्राप्त हुनेछ ।
सिंह :
आत्मविश्वास जाग्नेछ । नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ । पतिपत्नी वा प्रेमी÷प्रेमिकाका बीचमा रमाईलो तथा सकारात्मक पक्षको योग छ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समय रहेको छ । विशेषगरी विदेशिएका विद्यार्थीहरूले सफलता हासिल गर्नेछन् ।
कन्या :
संघर्षले सफलताको उचाइमा पुर्याउन सक्नेछ । आफ्नो पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ । स्रोत–साधन जुट्नुका साथै अनुकूल वातावरण बन्नाले आत्मविश्वास बढ्नेछ । भ्रमण र तीर्थाटनको योग रहेको छ ।
तुला :
पठनपाठन र प्राज्ञिक क्षेत्रमा खट्नेले राम्रो परिणाम प्राप्त गर्नेछन् । भाइबहिनी वा सन्ततिपक्षले खुशीको वातावरण बनाउने छन् । प्रेमी वा विश्वास गरेकाले साथ दिनेछन् । भविष्यका लागि सम्भावना खोजी गर्ने समय देखिन्छ ।
बृश्चिक :
आज राम्रो काम गर्न स्वास्थ्यले पनि साथ दिने छैन । आफन्तहरु संग झगडा हुनसक्नेछ । पाहुनाको रुपमा आज कसैकहाँ जानु ठीक छैन । प्रतिस्पर्धीहरु हरेक क्षेत्रमा हावी हुनेछन् । अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्नेछन् ।
धनु :
मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुनेछ । बन्दव्यापारमा राम्रै देखिन्छ । बलजफ्ती गरेरै भए पनि चिताएको काम बनाउन सकिनेछ । नयाँ नयाँ विचार तथा सिद्धान्तहरुको आविर्भाव हुने देखिन्छ ।
मकर :
आज कार्यक्षेत्रमा बोलीको प्रभावले कार्य सिद्ध हुनेछन् । व्यापार ब्यावसायबाट राम्रो आम्दानी हुने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई पनि ध्यान दिनुहोला । लामो समयदेखिको व्यवधान हट्ने देखिन्छ । आफ्नो कमजोरीलाई सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउने समय रहेको छ ।
कुम्भ :
सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ । विभिन्न सहयोग र उपहार पाईनेछ । आयआर्जन पनि राम्रै होला । तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
मीन :
व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला । काममा बाधा पुर्याउनेहरू सक्रिय हुने हुँदा सजग रहनुहोला । हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । प्राविधिक र टेक्निकल कामहरूबाट भने लाभ मिल्नेछ ।