28.1 C
Kalaiya

Thursday, June 19, 2025
28.1 C
Kalaiya
Thursday, June 19, 2025

spot_img

लागुऔषध अफिम सहित ४ जना पर्सा प्रहरीको नियन्त्रणमा

spot_img
spot_img
spot_img
Advertisement

वीरगन्ज, ०४ असार। जिल्ला प्रहरी कार्यालय पर्साले अबैध लागुऔषध अफिम सहित ४ जनालाई पक्राउ गरेको छ।

Advertisement
Advertisement

वीरगन्ज महानगरपालिकाको वडा नं १० रजतजयन्ती चौक स्थित सडक खण्डमा खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा ना ४६ प २५४० र ना ४० प ६४६९ नम्बरको मोटरसाइकलमा लुकाई छिपाई लैजादै गरेको अबैध लागुऔषध अफिम सहित ४ जनालाई पक्राउ गरिएको हो।

Advertisement

पक्राउ पर्नेमा पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नं १ बस्ने ४० वर्षिय बिनोद गिरी, वडा नं ५ बस्ने ३३ वर्षिय प्रदिप चौधरी, २८ वर्षिय सुनिल कुमार श्रीवास्तव र ३४ वर्षिय रामेश्वर राउत रहेका छन्।

उनीहरूको साथबाट १ केजी अफिम बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए । उनीहरुमाथि लागुऔषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर