20.7 C
Kalaiya

Thursday, October 30, 2025
spot_img
20.7 C
Kalaiya
Thursday, October 30, 2025

आज २०८२ साल असार १२ गते बिहिबार,यस्तो छ तपाईंको राशिफल

spot_img
spot_img

आजको राशिफल :

Advertisement

मेष: लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। प्राविधिक क्षेत्रमा रुचि बढ्ला। राज्यबाट मानसम्मान पाइनेछ। शुभकार्यको चर्चा चल्नेछ।भाग्यशाली रङ निलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६४, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

Advertisement

वृष: रमाइलो यात्राको योग छ। शुभ कार्यमा सरिक भइएला। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव दिनेछ। सामाजिक तथा राजनीतिक कार्यमा रुचि बढ्ला। राजनीतिक कार्यमा सफलता मिल्नेछ। प्रेममा मधुरता छाउनेछ।भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

Advertisement

मिथुन: लक्ष्मी प्रसन्न हुने योग छ। मनोरञ्जनमा सहभागी भइएला। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जानेछ। सेयर बजारमा लगानीको योजना बन्नेछ। टाढिएको मित्रसँग पुनर्मिलन होला।भाग्यशाली रङ आकासे र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ७७, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

कर्कट: सानातिना समस्यामा अल्झनुपर्नेछ। मन भावुक र उत्ताउलो बन्न सक्छ। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च बढ्नेछ। दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्।भाग्यशाली रङ सेतो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३७, व्यापारमा ४१, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७० र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

सिंह: रमणीय र सुखद यात्राको योग छ। कार्य सम्पादनमा सहजता मिल्नेछ। आफन्त र साथीभाइले सहयोग गर्नेछन्। काम गर्ने जोसजाँगर बढ्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ।भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६४, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

कन्या: अधुरा कार्य पूरा गर्न साथीबाट सहयोग मिल्नेछ। नयाँ कार्यको योजना बन्ला। वैदेशिक कार्य सहजै अघि बढ्नेछ। शत्रुमाथि विजय मिल्ने समय छ। धार्मिक यात्राको योग छ। यात्रा रमाइलो हुनेछ। नयाँ कामको थालनी होला।भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

तुला: सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सफल भइएला। नयाँ कार्यको योजना बन्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। पुँजी बजारले साथ दिनेछ।भाग्यशाली रङ पहेँलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

वृश्चिक: काममा ढिलासुस्ती हुनेछ। सुन्दरतामा धन खर्च होला। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ। नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धिमूलक नहोला। नजिकका व्यक्तिबाट कार्यमा बाधा आइपर्ला।भाग्यशाली रङ हरियो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ४५, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ४८ र शिक्षामा ४७ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

धनु: सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। खानपिनको विविध परिकार खान पाइनेछ। कृषि कार्य अघि बढ्नेछ। विश्वासपात्र वा आफन्तले काममा साथ दिनेछन्।भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६३, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

मकर: प्राविधिक काममा सफलता प्राप्त हुनेछ। धार्मिक यात्राको योग छ। नयाँ कामको थालनी हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेमीको सहयोग पाइनेछ। पुँजी बजारले साथ दिनेछ।भाग्यशाली रङ घ्यू रङ र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६५, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

कुम्भ: महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। टाढिएका आफन्तसँग पुन: सम्बन्ध गाँसिन सक्छ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ला। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ७१, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

मीन: कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। घरव्यवहारको समस्याले सताउनेछ। प्रेममा बाधा हुने देखिन्छ। बन्न लागेको काम पनि बिग्रिएला। आर्थिक क्षेत्रमा सङ्कट आउन सक्छ। शैक्षिक क्षेत्र कमजोर रहनेछ।भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ३७, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ६० र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ३८, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!