Sunday, September 27, 2026

बारामा धान उत्पादन बढ्यो, यस वर्ष ६३ हजार हेक्टरमा धान रोपाइँ हुने अनुमान 

Advertisement
Advertisement

कलैया, २३ असार। बारामा चालु आर्थिक वर्ष २०८१/०८२ मा धानको उत्पादन बढेको छ। कृषि ज्ञान केन्द्र बारा कलैयाका अनुसार चालु आर्थिक वर्षमा बारामा २ लाख ७३ हजार २ सय ८४ मेट्रिक टन धान उत्पादन भएको छ।

गत आर्थिक वर्ष २०८०/०८१ को तुलनामा यस वर्ष यस वर्ष २ हजार २ सय २२ मेट्रिक टन धान बढी उत्पादन भएको हो। गत वर्ष बारामा २ लाख ७१ हजार ६२ मेट्रिक टन धान उत्पादन भएको थियो।

चालु आर्थिक वर्षमा चैते धान ८ हजार मेट्रिक टन, भदैया धान ४८ हजार ७ सय २० मेट्रिक टन, अगहनी धान एक लाख ४४ हजार ५ सय ६४ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सुचना अधिकारी गणेश महराले बारा अपडेटलाई जानकारी दिनुभयो।

यस्तै चालु आर्थिक वर्ष २०८१/०८२ मा १६ हजार हेक्टर क्षेत्रफलमा चैते धान, ११ हजार ६ सय हेक्टर क्षेत्रफलमा भदैया धान र ३४ हजार ४ सय २० हेक्टर क्षेत्रफलमा अगहनी धान गरी कुल ६२ हजार २० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको सुचना अधिकारी महराले बताउनुभयो।

बारामा गत आर्थिक वर्षमा ६३ हजार २० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो भने यस वर्ष १ हजार हेक्टर क्षेत्रफल कम ६२ हजार २० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो। यस वर्षको तुलनामा अगामी आर्थिक वर्षमा ६३ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने कृषि ज्ञान केन्द्र बाराको अनुमान छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर