Sunday, July 19, 2026

समयमै धान रोपाइँ नहुँदा अध्ययनका लागि मन्त्रालयको टोली बारा आउँदै 

कलैया, ०३ असार। लामो समयसम्म पानी नपरेपछि बारा जिल्लामा समयमै धान रोपाइँ नहुँदा अध्ययनका लागि कृषि मन्त्रालयको टोली भोली बारा आउदै छ।

पर्याप्त पानी नपरेपछि रोपाइँ हुन नसकेको बारा सहित सुक्खाग्रस्त क्षेत्र मधेश प्रदेशका ८ वटा जिल्लामा अध्ययनका लागि कृषि मन्त्रालयको टोली आईतबार आउने भएको छ ।

बारा जिल्लामा २ जना‌ सहित मन्त्रालयले हरेक जिल्लामा २/२ जनाको टोली पठाउने निर्णय गरेको छ । आईतबार पुग्ने टोलीले मधेश प्रदेशमा रहेका मन्त्रालयअन्तर्गतका कार्यक्रम र आयोजनाका कर्मचारीसँग समन्वय गर्नेछ ।

अहिले रहेका सिँचाइका संरचनाहरूलाई पूर्णरुपमा सञ्चालन तथा सिँचाइका लागि अरु विकल्पबारे सम्बन्धित निकायहरूसँग छलफल गरी तत्कालीन र दीर्घकालीन निर्णय गरिने मन्त्रालयले जनाएको छ ।

बारामा शुक्रबारको डाटा अनुसार ७५ प्रतिशत मात्र रोपाइँ भएको छ। भने मधेशका ८ जिल्लामा अहिलेसम्म झन्डै ४६ प्रतिशत रोपाइँ भएको मधेश प्रदेशको कृषि मन्त्रालयले जनाएको छ । विगतमा असार सकिँदा मधेश प्रदेशमा झन्डै ७० प्रतिशत रोपाइँ हुने गरेको थियो । यस्तै बारामा ९० प्रतिशत रोपाइँ हुने गरेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर