Wednesday, July 22, 2026

मधेसमा झण्डै ४७ प्रतिशत धान रोपाइँ हुँदा पर्सामा सबैभन्दा बढि ७९ प्रतिशत 

कलैया, ०५ साउन। समयमै पानी पर्याप्त नपरेपछि मधेस प्रदेशमा सबैभन्दा बढी धान रोपाइँ पर्सा जिल्लामा भएको छ भने सबैभन्दा कम सप्तरी र महोत्तरीमा भएको छ।

समग्रमा मधेस प्रदेशमा ४६.८३ प्रतिशत धान रोपाइँ हुदाँ पर्सा जिल्लामा ७९.६६ प्रतिशत धान रोपाइँ भएको छ। यस्तै सबैभन्दा कम महोत्तरी र सप्तरीमा ३० प्रतिशत मात्र धान रोपाइँ भएको छ ।बारा जिल्लामा ७५ प्रतिशत धान रोपाइँ भएको छ जुन पर्सा जिल्ला पछि सबैभन्दा बढी हो।

पर्सामा धान रोपाइँ हुने ३९ हजार सात सय ३१ हेक्टर क्षेत्रफल मध्ये ३१ हजार छ सय ५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । यस्तै प्रदेशमै सर्वाधिक धान रोपाइँ हुने सप्तरीको ६८ हजार हेक्टर क्षेत्रफल मध्ये अहिलेसम्म २० हजार चार सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ महोत्तरीको ४२ हजार पाँच सय हेक्टर क्षेत्रफल मध्ये १२ हजार सात सय ५० हेक्टर क्षेत्रफलमा मात्र धान रोपाई भएको छ।

यस्तै बारामा ४६ हजार २० हेक्टर क्षेत्रफल मध्ये ३४ हजार पाँच सय १५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। यस्तै रौतहटको ३५ हजार हेक्टर क्षेत्रफल मध्ये २२ हजार सात सय ५० हेक्टर क्षेत्रफलमा ६५ प्रतिशत मात्र रोपाइँ भएको छ। सर्लाहीमा ४३ हजार छ सय ९४ हेक्टर क्षेत्रफल मध्ये १८ हजार सात सय ८८ दशमलव ४२ हेक्टर क्षेत्रफल अर्थात ४३ प्रतिशत मात्र रोपाइँ भएको छ।

त्यस्तै धनुषाको ४३ हजार सात सय हेक्टर क्षेत्रफल मध्ये १५ हजार दुई सय १५ हेक्टर क्षेत्रफलमा ३५ प्रतिशत र सिराहाको ५४ हजार हेक्टर क्षेत्रफल मध्ये १८ हजार तीन सय ६० क्षेत्रफलमा ३४ प्रतिशत मात्र धान रोपाई भएको मधेस प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ।

मधेस प्रदेशको धान रोपाइँ हुने तीन लाख ७२ हजार छ सय ४५ हेक्टर क्षेत्रफल मध्ये एक लाख ७४ हजार पाँच सय आठ दशमलव ४२ हेक्टर क्षेत्रफल ४६ दशमलव ८३ प्रतिशत मात्र धान रोपाइँ भएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर