Thursday, September 10, 2026

कविता: म तिम्रो हो भन्ने के प्रमाण छ?

Advertisement
Advertisement Advertisement

निरन्जन सिंह

चन्द्रमा साक्षी राखेर म तिमीलाई माया गरेँ,

हर साँझ तिमी भित्र हराएँ, तिमीमै सरेँ।

शब्दले भनेको छैन होला, मनले भनेको छ,

तर म तिम्रो हो भन्ने के प्रमाण छ?

 

न त साइन छ, न त कागज लेखिएको,

तिमी सँगको साथ बस् मनले लेखिएको।

मेरो नजर तिमी खोज्छ, मन तिमीमाथि झुम्छ,

तर तिमी सोध्छौ — त्यो प्रेमको प्रमाण के हो भन्ने?

 

तिमी हाँस्दा मुटु नाच्छ,

तिमी रूँदा मन सँगै भाच्छ।

यत्ति भए पनि तिमीलाई शंका अझै बाँकी छ,

म तिम्रो हो भन्ने के प्रमाण छ?

 

शायद म तिमीलाई देखाउनु सक्दिन,

तर तिमी बिना म आफूलाई चिन्न सक्दिन।

साँझको जून जस्तै मौन सन्देश दिन्छु,

तर यो मौनता नै सायद मेरो दोष बन्छ।

 

तर हे प्रिय, हरेक धड्कनमा तिमी बस्छौ,

तिमी नजिक हुँदा, यो संसार रमाइलो देखिन्छ।

कसम, म तिम्रो नै हो, यो मन सधैं भनिरहन्छ,

तर म तिम्रो हो भन्ने… के साँच्चै प्रमाण चाहिन्छ

 

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर