22.8 C
Kalaiya

Thursday, December 11, 2025
spot_img
22.8 C
Kalaiya
Thursday, December 11, 2025

कलैया उपमहानगरमा हैजा नियन्त्रणमा कडाइ, सार्वजनिक स्वास्थ्यका लागि विशेष आग्रह

spot_img
spot_img

कलैया, ०९ भदौ। वीरगञ्जमा हैजाको संक्रमण फैलिन थालेपछि बाराको कलैया उपमहानगरपालिकाले पनि कडाइका साथ सतर्कता अपनाएको छ। उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै हैजाको सम्भावित जोखिमलाई ध्यानमा राखी स्थानीयवासीलाई विशेष सावधानी अपनाउन आग्रह गरेको हो।

Advertisement

प्रमुख प्रशासकीय अधिकृत नाथु साहद्वारा हस्ताक्षरित सूचनामा चट्पटे, पानीपुरी, चाट, बासी तथा सडेगलेका माछा जस्ता खाद्य पदार्थको बिक्री वितरणमा प्रतिवन्ध लगाइएको छ। साथै, सूचनामा होटल तथा रेस्टुरेन्टहरूले खाद्य पदार्थलाई स्वच्छ तरिकाले बिक्री वितरण गर्नुपर्ने उल्लेख गरिएको छ।

Advertisement

उपमहानगरपालिकाले हैजाको संक्रमण मुख्यतया अस्वच्छ खानेपानी र बासी–सडेको खानाको कारण फैलिने भएकाले खानाखान अघि साबुनपानीले राम्ररी हात धुन, उमालेको वा फिल्टर गरिएको मात्र पानी पिउन, खुला दिसा–पिसाब नगरी शौचालय प्रयोग गर्ने र बासी खाना नखान सबैलाई अपिल गरेको छ।

Advertisement

May be an image of ticket stub and text

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर