27.6 C
Kalaiya

Thursday, August 28, 2025
spot_img
27.6 C
Kalaiya
Thursday, August 28, 2025

बारामा थप एकजनामा हैजा संक्रमण पुष्टि

spot_img
spot_img
spot_img

कलैया, १२ भदौ। बारामा थप एक जनामा हैजाको संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पताल कलैयामा उपचाररत थप एक जना झाडापखालका बिरामीमा बिहिबार हैजा संक्रमण पुष्टि भएको अस्पतालका मेसु डा. अजय कुमार गुप्ताले जानकारी दिए ।

Advertisement

संक्रमण पुष्टि हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर १९ का ४५ वर्षीय पुरुष रहेका छन । यस अघि बुधबार मात्रै प्रादेशिक अस्पतालमा उपचाररत एक जना बिरामीमा हैजा संक्रमण पुष्टि भएको थियो । उनी कलैया उपमहानगरपालिका -१८ पतौराका एक जना पुरुष हुन्।

Advertisement

मेसु गुप्ताका अनुसार त्यि पुरुष बिहिबार बेलुका ६ बजे डिस्चार्ज भए पनि राति ८ बजे पछि अस्पतालबाट घर फर्किएका हुन्।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

सम्बन्धित खबर

ताजाखबर