कलैया, १६ भदौ। भदौ २२ गते आइतबार खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
समितिका अनुसार आइतबार राति १०:११ बजे सुरु हुनेछ भने मध्य राति ११:५६ बजे मध्यमा पुग्ने र राति ०१ः४१ बजे ग्रहण समाप्त हुनेछ। भदौ २२ गते आइतबार दिउँसो १३ः११ बजेपछि बाल, वृद्ध र आतुर बाहेकले भोजन गर्न नहुने बताइएको छ।
यो ग्रहण विसं २०८२ को पहिलो ग्रहण हो । यसै वर्ष आगामी फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । चन्द्रग्रहण नेपालबाट पनि देखिने समितिले जनाएको छ।