29.1 C
Kalaiya

Tuesday, September 2, 2025
spot_img
29.1 C
Kalaiya
Tuesday, September 2, 2025

युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

spot_img
spot_img

काठमाडौं,१७ भदौ। वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपलिका-३२ बस्ने प्युठान नौबहिनी गाउँपालिका-५ घर भएका ३२ वर्षीय मिनराज राना क्षेत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

मिनराजले युएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ३० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ बाट पक्राउ गरेको हो ।

Advertisement

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर