कलैया, १७ भदौ। नेपाल र वेस्ट इन्डिजबीच हुन लागेको ऐतिहासिक टी-२०आई शृंखलाको खेलतालिका हेरफेर भएको छ । यसअघि सेप्टेम्बर २७, २८ र ३० मा निर्धारण भएको खेलहरू अब भने सेप्टेम्बर २७, २९ र ३० मा खेल हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
उक्त खेलहरु शारजाह क्रिकेट स्टेडियममा हुने क्यानले जनाएको छ। नेपालले दुईपटकको टी-२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग पहिलो पटक टी-२० सिरिज खेल्न लागेको हो ।