Monday, October 5, 2026

बाराको विश्रामपुरमा करेन्ट लागेर एकजना विद्यार्थीको मृत्यु

Advertisement
Advertisement

कलैया, १७ भदौ। बाराको विश्रामपुरमा करेन्ट लागेर एक जना विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा विश्रामपुर गाउँपालिका वडा नं ५ ईटियाहीका राजेश्वर प्रसाद यादवका छोरा अन्दाजी १८ वर्षिय रामबिनय यादव रहेका छन्।

सोमबार नुहाउन मोटरबाट पानी तान्ने क्रममा विद्युत प्रवाह भई करेन्ट लाग्ला उनी गम्भीर घाइते भएका थिए। गम्भीर घाइते उनलाई वीरगन्ज स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारको लागि लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

वीरगन्जको त्रिजुद्ध माध्यमिक विद्यालयको व्यवस्थापन संकायमा अध्ययनरत यादवको लागि विद्यालयले श्रद्धाञ्जली पनि अर्पण गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर