Friday, September 11, 2026

प्रधानमन्त्रीका सल्लाहकारले भने- ‘नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय हुँदैछन्’

Advertisement
Advertisement Advertisement

कलैया, १९ भदौ। प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरु निष्क्रिय हुने क्रममा रहेको बताएका छन्। उनले आज फेसबुकमा लेख्दै यस्तो बताएका हुन। उनले सर्वोच्च अदालतले नेपालभित्र सम्पर्क विन्दु (प्वाइन्ट अफ कन्ट्याक्ट), स्वनियमन तथा आवासीय गुनासो सुन्ने अधिकारी तोकी कम्पनी सूचिकृत नगरेसम्म रोक लगाउने आदेश दिएको स्मरण गराउँदै यस्तो बताएका हुन।

‘सायद, केही अवाञ्छित तत्त्वका असामाजिक भूमिका र केही गैरजिम्मेवार व्यक्तिका कामको कारण सम्मानित सर्वोच्च अदालतले यस्तो आदेश दिएको छ,’ रिमालले फेसबुकमा लेखेका छन्, ‘सम्भवतः दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरू निष्क्रिय हुँदैछन्।’

फेसबुकमा उनले लेखेका छन्, “लतकै रूपमा हाम्रो जीवनमा जोडिएका यी सञ्जाल र प्लेटफर्म चाँडोभन्दा चाँडो सूचिकृत होउन् र हामीले शीघ्र यसको प्रयोग गर्ने वातावरण बनोस्।”

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर