कलैया, २० भदौ। नेपाल सरकारले बिहिबार देखि दर्ता र सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्विटर) सरकारको सम्पर्कमा आएको छ । एक्सको सिंगापुरस्थित कार्यालयबाट शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आधिकारिक पत्राचार गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले ट्विटरबाट शुक्रबार इमेल प्राप्त भएको पुष्टि गरेका हुन । उनका अनुसार इमेल मार्फत एक्सबाट आवश्यक डकुमेन्टका बारेमा सोधिएपछि जवाफ पठाइसकिएको छ ।
सरकारले दर्ता र सुचिकरण नभएका मेता एक्ससहित २६ वटा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरेको छ।