Tuesday, June 9, 2026

परवानीपुरको कम्पनीमा काम गर्ने कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ 

spot_img

कलैया, २६ मंसिर। जिल्ला प्रहरी कार्यालय पर्साले १९ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा नं २ बस्ने ५४ वर्षिय बिनोद पटेल भन्ने बिनोद प्रसाद कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी राजु कार्कीले जानकारी दिए।

कुर्मीले विक्रम संवत् २०६३ साल असोज ५ गते पर्सा लिपनी विर्ता गाविस वडा नं ८ पटेलनगर बस्ने २३ वर्षिय सुरेश भन्ने रामप्रसाद पटेललाई सिर्सिया नदीको डिलमा निर्घात कुटपिट तथा कर्तव्य गरी हत्या गरेका थिए। उक्त घटनापश्चात् ज्यान सम्बन्धी कसूरमा कुर्मी वारदात पश्चात फरार भएका थिए।

हत्या गर्ने कुर्मी भने त्यो बेला परवानीपुर स्थित एउटा कम्पनीमा कार्यरत थिए भने उनी त्योबेला ३५ वर्षका थिए। उक्त घटनापश्चात् फरार रहेका कुर्मीलाई मंसिर २४ गते वीरगन्ज महानगरपालिका वडा नं २२ स्थित सडकखण्डबाट नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दामा अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर