कलैया, २३ भदौ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज जारी जेनजी आन्दोलनको क्रममा घाइते भएकाहरुको निःशुल्क उपचार गर्न सबै अस्पतालहरूलाई निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अग्रसरतामा मन्त्रालयले अस्पतालमा आउने आन्दोलनका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी शीघ्र उपचारको व्यवस्था गर्न ‘सर्कुलर’ जारी गरिएको हो । यसैगरी, मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानमा सहजै उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।
हाल सम्म विभिन्न अस्पतालमा उपचाररत १४ प्रदर्शनकारीको मृत्यु भएको छ भने ४० जना भन्दा बढि घाइते भएका छन।