Monday, July 20, 2026

बारामा विश्वकर्मा बाबाको मूर्तिमा रङ रोगन गर्ने भ्याइनभ्याई

कलैया,३१ भदौ । असोज १ गते बुधबार हुन गइरहेको विश्वकर्मा पुजाका लागि मूर्तिमा रंग रोगन गर्न कालिगढ( मूर्तिकार) हरु व्यस्त रहेका छन्। उनीहरुलाई यस काममा भ्याइनभ्याई भएको छ ।

मुर्तिमा रङ लगाउँदै तथा मूर्ति पूजाकोलागि तयार गर्दै कालिगढ व्यस्त रहेका छन्। हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा गर्ने चलन छ।

मूर्तिको माग बढी हुने भएकोले बाराको कलैया उपमहानगरपालिका–४ पन्नाबागस्थित सोमबार विश्वकर्मा बाबाको मूर्तिमा कालिगढ रङ्ग लगाउँदै देखिएका छन्।

तीन जनाको समूहले एक महिना अगाडि नै मुर्ति बनाउन सुरु गरेको मूर्तिकार विन्देश्वरी ठाकुरले साझेदारी दैनिकसंग भने। अहिलेसम्म करिब २५ वटा मूर्ति बनाइसकेको उनले बताए।

२०४७ सालदेखि माटोको मूर्ति आफुहरुले बनाउदै आएको बताए। विश्वकर्मा पूजाका लागि फरकफरक स्वरुपका कलात्मक मूर्ति बनाउने गरेका छन्।

माटोको मूर्ति निर्माण गर्ने, निर्मित मूर्तिलाई सिँगार्ने, रङ लगाउने, सजाउने, आकर्षक बनाउने लगायत कार्य  हुने गरेको छ। बिहानदेखि बेलुकीसम्म तीन जनाले पालैपालो मूर्तिमा रंग लगाउने काम गरिरहेका छन्। मूर्तिलाई  सजाउने र सिँगार्ने काम उनीहरुले गरिरहेका हुन्।

दुई हजार पाँचदेखि आठ हजार रुपैयाँसम्ममा मूर्तिको बिक्री हुने गरेको जनाउदै ५० प्रतिशत फाइदा हुने उनको भनाइ छ ।

कलकारखाना, उद्योग, औजार र उपकरण लगायतको पसल लगायतमा मूर्तिको माग हुने गरेको छ। आफु ३५ वर्षदेखि मूर्ति बनाउदै आएको उनले जनाए। विश्वकर्माको पूजा, छठ पर्व, वडादसैँलगायत चाडपर्वका लागि विभिन्न देवीदेवताका मूर्ति बनाएर बिक्री गर्दै आइरहेको उनले जानकारी दिए।

मूर्ति निर्माणका लागि माटो, पराल, सुतली धागो, काठ, किला, कपास, बोरालगायत सामग्री प्रयोग हुने गरेको छ। लामो समयदेखि यही पेसाबाट  जीविकोपार्जन भइरहेको उनले बताए । छोराछोरीको शिक्षा दिक्षासँगै परिवारको गुजारा गर्ने गरेको उनले जनाए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर