Monday, August 3, 2026

बाराको सुवर्ण गाउँपालिका र पचरौता नगरपालिकामा भ्रष्टाचारको गुनासो उच्च

कलैया, ०७ असोज। भ्रष्टाचारमा उजुरीका आधारमा बारा जिल्लाको २ वटा पालिकाको भ्रष्टाचारको गुनासो उच्च देखिएको छ। सबैभन्दा बढी उजुरी पर्नेमा बाराको सुवर्ण गाउँपालिका र पचरौता नगरपालिका रहेको छ।

आर्थिक वर्ष २०८१/०८२ मा बाराको सुवर्ण गाउँपालिकाको २३० वटा भ्रष्टाचारको उजुरी परेकोमा १९८ वटा र पचरौता नगरपालिकामा १९२ वटा भ्रष्टाचारको उजुरी परेकोमा १४७ वटा दर्ता भएका छन् । यस्तै देशभरको सबैभन्दा बढी उजुरी पर्ने १० स्थानीय तहमध्ये मधेस प्रदेशको ८ वटै जिल्ला मध्ये ५ वटा जिल्लाको ६ वटा स्थानीय तहमा सबैभन्दा बढी भ्रष्टाचारको उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनले देखाएको छ।

देशभरमा कुल १९ हजार ९ सय ३३ भ्रष्टाचारको उजुरी परेकोमा १३ हजार ३ सय ९५ वटा दर्ता भएका छन्। देशभरमा सबैभन्दा बढी पोखरा महानगरपालिका र काठमाडौं महानगरपालिकाको भ्रष्टाचारको उजुरी परेको छ। पोखराको ४१३ र काठमाडौंको ३८१ वटा उजुरी परेको छ।

यस्तै मधेस प्रदेशको पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकाको देशभरमा तेस्रो र प्रदेशमा सबैभन्दा बढी भ्रष्टाचारको उजुरी परेको छ। छिपहरमाईको २९८ वटा उजुरी परेकोमा २६० वटा दर्ता भएको तथ्यांक छ। यस्तै छिमेकी जिल्ला रौतहटको कटहरिया नगरपालिका भ्रष्टाचार उजुरीको आधारमा १० औं नम्बरमा छ। कटहरियाको १६९ वटा उजुरी परेकोमा १४७ वटा दर्ता भएको आयोगको प्रतिवेदनले देखाएको छ।

प्रतिवेदन 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर