Thursday, June 4, 2026

वीरगञ्जबाट दुई केजी सुन बरामद

spot_img

कलैया, २८ असोज । राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै २ हजार २ सय ५४ ग्राम सुन र १० हजार ३५४ ग्राम चाँदी बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा हिजो सोमबार दिँउसो राजस्व अनुसन्धानसहित सशस्त्र प्रहरी बल बाट खटिएको टोलिले वीरगञ्ज महानगरपालिका–८ माईस्थानस्थित अभिषेक सर्राफको घरबाट अवैध रूपमा भन्सार छली गरेको सुन र चाँदी बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले जानकारी दिएका छन ।

उनका अनुसार बरामद भएको सुनचाँदी र नगद राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको छ । राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख हरिप्रसाद शर्माले सुनचाँदीको परीक्षण र अन्य अनुसन्धानको काम अघि बढाइने जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर