Saturday, July 18, 2026

बारामा हालसम्म ५ सय ३२ महिलाले मतदाता नामावलीमा दर्ता गराए आफ्नो नाम (विवरण सहित) 

कलैया, ३० असोज। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि सुरु गरेको मतदाता नामावली संकलन कार्यमा बारा जिल्लामा हालसम्म ५ सय ३२ जना महिलाले आफ्नो नाम दर्ता गराएका छन् ।

आयोगले असोज १२ गतेदेखि सुरु गरेको मतदाता नामावली संकलन कार्यमा बारा जिल्लामा हालसम्म ५ सय ३२ महिला र एक हजार १६ पुरुष गरी एक हजार ५ सय ४८ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन आयोग बाराका सुचना अधिकारी मुकेश कुमार सिंहले जानकारी दिनुभयो।

सिंहका अनुसार मतदाता नामावली पुनः शुरू भएदेखि नै दैनिक ४० जनाभन्दा बढीले नाम दर्ता गराउने गरेका छन्। मतदाता नामावली दर्ताको अन्तिम समयावधि सकिरहँदा यो संख्यामा वृद्धि हुने उनको अनुमान छ। निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्यको लागि अन्तिम समयावधि कार्तिक ३० गते (कार्तिक मसान्तसम्म) तोकेको छ।

हाल बारा जिल्लामा मतदाताको संख्या एक लाख ९९ हजार ३४३ महिला र दुई लाख ४१ हजार १६१ पुरुष तथा अन्य ११ जना गरी ४ लाख ४० हजार ५१५ छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर