Thursday, July 23, 2026

एक दशक देखि अलपत्र कलैयाको मुख्य सडक निर्माण गर्न दबाब स्वरुप हस्ताक्षर अभियान

कलैया,३१ असोज । एक दशक देखि अलपत्र रहेको बाराको सदरमुकाम कलैया स्थित मुख्य सडकखण्डको निर्माण कार्य अगाडि बढाउन माग गर्दै कलैया स्थित भरत चोकमा स्थानीयहरुले हस्ताक्षर अभियान सुरु गरेका छन ।

शुक्रबार साझ देखि सुरु भएको हस्ताक्षर अभियानमा करिब २५० भन्दा बढी स्थानीयवासीले हस्ताक्षर गरेका हुन् ।कलैयाका स्वतन्त्र युवा सौरभ चौगाइ,सौरभ पाण्डे,सुमित पटेल,बिक्की गुप्ता,सुरज साह,अमित तिवारी,संजय चौधरी लगायतले उक्त अभियान सुरु गरेका हुन् ।

मानमत–कलैया –मटिअर्वा हुलाकी सडक खण्ड अन्तर्गत पर्ने कलैया बजार क्षेत्रको अधुरो रहेको साडे ३ किलोमिटर सडक निर्माण नहुँदा यहाका स्थानीयले निकै सास्ति खेप्नु परेको छ ।उक्त सडकखण्डमा रहेको व्यवसायीहरुलाई समेत असर पर्ने गरेको छ ।

अधुरो रहन गएको कलैया बजार क्षेत्र भित्रको हुलाकी सडकलाई पुरा गर्न ठेक्का समेत लागेको बर्षौ बितिसक्दा पनि सडक निर्माणमा ढिलाई मात्रै गरिदै आएकोले धुलोले धेरै सस्ती खेप्नु परेको हस्ताक्षर अभियानमा सहभागी स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर