Sunday, September 27, 2026

बारामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु

Advertisement
Advertisement

कलैया, २ कात्तिक । बारामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गएराति पथलैयाबाट निजगढ जाँदै गरेको ना ३३ प ६८५७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित डुङ्ग्रे पुलको रेलिङमा ठोक्किँदा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

दुर्घटना पश्चात घाइते भएका दुबै जनालाई परवानीपुर स्थित एल एस न्युरो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन ।मृत्यु हुनेमा मोटरसाइकल चालक जीतपुरसिमरा उपमहानगरपालिका–१५ नयाँ बस्ती टोल बस्ने सुरेश लामाका छोरा २० वर्षीय साजन तमाङ र मोटरसाइकलमा पछाडि सवार जीतपुरसिमरा उपमहानगरपालिका–१४ खयरघारी टोल बस्ने कृष्ण बहादुर मोक्तानको छोरा अन्दाजी २२ वर्षीय किरण मोक्तान रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हाल दुवै शव सोही अस्पतालमा राखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर