Sunday, September 27, 2026

बाराको छठिया पोखरीमा सवारी साधन प्रवेश निषेध, १० बुँदे नियम सार्वजनिक

Advertisement
Advertisement

कलैया, ७ कात्तिक। बाराको कलैया उपमहानगरपालिका–७ स्थित छठिया पोखरी परिसरमा सवारी साधन प्रवेश निषेध गरिएको छ। बरेवा बोयेज स्पोर्ट्स एण्ड फिटनेस क्लब बरेवा बैरियाका अध्यक्ष राजाबाबु गुप्ताको अध्यक्षतामा शुक्रबार बसेको बैठकले पोखरी परिसरमा सवारी साधन प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

सो बैठकले छठिया पोखरीको संरक्षण र अनुशासन कायम गर्नका लागि १० बुँदे निर्णय समेत गरेको क्लबले जनाएको छ।क्लबका अध्यक्ष गुप्ताका अनुसार पोखरीभित्र सवारी साधन प्रवेश गर्न, धुम्रपान तथा नशालु पदार्थ सेवन गर्न, हल्ला–गुल्ला वा झगडा गर्न निषेध गरिएको छ। त्यस्तै फोहर फ्याँक्न मनाही गर्दै फोहरदानी प्रयोग गर्न, प्राकृतिक वातावरण नष्ट नगर्न र फोटो तथा भिडियो सभ्य तरिकाले खिच्न अनुरोध गरिएको छ।

पोखरी परिसरमा सरसफाइमा सहयोग गर्न,आफ्नो वरिपरि सफा राख्न र रेलिङमा चढ्न वा बस्न निषेध गरिएको क्लबले जनाएको छ। पोखरीको सौन्दर्य र प्रतिष्ठा जोगाउन सबैलाई सहयोग गर्न आह्वान गर्दै कुनै अनियमितता वा समस्या देखिए तुरुन्तै क्लबका सदस्यलाई जानकारी दिन क्लबले आग्रह गरेको छ।

‘आफ्नो सांस्कृतिक पोखरी सफा, शान्त र सुन्दर राखौं,हाम्रो गौरव, हाम्रो पहिचान’ भन्ने मूलनारासहित उक्त सूचना छठिया पोखरी परिसरमा टाँस गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर