Sunday, September 27, 2026

छठ पर्वको अवसरमा नेपाली सेनाले बारामा नि:शुल्क हेल्थ डेस्क संचालन गर्ने

Advertisement
Advertisement

कलैया, ९ कार्तिक । आस्थाको महापर्व छठ पर्वको अवसरमा नेपाली सेनाले बाराको दुई स्थानमा नि:शुल्क स्वास्थ्य सेवा हेल्थ डेस्क संचालन गर्ने भएको छ।

श्री रिपुमर्दन गणले कलैयास्थित श्री सिदेश्वर महादेव मन्दिर परिसर र महागढी नगरपालिका–१ स्थित गढीमाई मन्दिर परिसरमा सोमबार (भोलि)देखि हेल्थ डेस्क सञ्चालन गर्ने तयारी गरेको हो।

गणका प्रमुख सेनानी अशोक कुमार क्षेत्रीका अनुसार छठ पर्वमा भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सो डेस्कमार्फत प्राथमिक उपचार र आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिनेछ।

सेनाले हरेक वर्ष ठूला चाडपर्व तथा भीडभाड हुने स्थानमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर