Friday, June 5, 2026

जीतपुरसिमरामा फोहोर प्रशोधन केन्द्र निर्माणको तयारी, नगरवासीको राय संकलन सुरु

spot_img

जीतपुर,१४ कार्तिक । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले फोहोर व्यवस्थापनका लागि फोहोरमैला प्रशोधन केन्द्र निर्माण गर्ने तयारीमा जुटेको छ। उपमहानगरले यसका लागि नगरवासीहरूको राय र सुझाव संकलन प्रक्रिया सुरु गरेको छ।

नगरमा उत्पादन भएको फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको अवस्थामा प्रशोधन केन्द्र निर्माणलाई दीगो समाधानका रूपमा लिइएको हो। नेपाल सरकारको शहरी विकास मन्त्रालयले कार्तिक २ गतेको पत्रमार्फत उपयुक्त सरकारी वा पर्ती जग्गा सिफारिस गर्न उपमहानगरलाई अनुरोध गरेपछि राय संकलन प्रक्रिया औपचारिक रूपमा थालिएको उपमहानगरले जनाएको छ।

मन्त्रालयले कार्तिक २३ गतेभित्र जग्गा विवरणसहितको प्रस्ताव पठाउन निर्देशन दिएको छ। यसैक्रममा उपमहानगरपालिकाले नगरभित्र प्रशोधन केन्द्रका लागि सम्भावित स्थानहरू पहिचान गर्न सर्वसाधारणको सहयोग मागेको छ। इच्छुक नगरवासीहरूले कार्तिक १८ गतेभित्र आफ्ना सुझावहरू इमेल वा पत्रमार्फत पठाउन सक्ने व्यवस्था गरिएको छ।

फोहोरमैला प्रशोधन केन्द्रको स्थापना नगरलाई सफा वातावरणमैत्री बनाउनको लागि आवश्यक कदम रहको नगर प्रमुख राजन पौडेलले बताएका छन् । “नागरिक सहभागिताविना यस्तो योजना सफल हुँदैन,” उनले भने, “सबै समुदायको साथ र सुझावले यो योजना प्रभावकारी बन्नेछ।”उपमहानगरले यस परियोजनाबाट फोहोर व्यवस्थापन प्रणालीलाई व्यवस्थित गर्दै सहरलाई सफा, स्वस्थ र दिगो बनाउन लक्ष्य लिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर