Sunday, September 27, 2026

प्रादेशिक अस्पताल कलैयामा एन्टी रेबिज भ्याक्सिन अभाव

Advertisement
Advertisement

कलैया, १५ कात्तिक। प्रादेशिक अस्पताल कलैयामा एन्टी रेबिज भ्याक्सिन (एआरभी) अभाव भएको छ। अस्पतालले भ्याक्सिन सेवा सञ्चालन हुन नसकेको जानकारी दिएको हो।

अस्पतालले शुक्रबार एक सूचना जारी गर्दै हाल एआरभी भ्याक्सिन सकिएको र सेवा पुनः सुरु गर्नका लागि आवश्यक आपूर्तिको प्रतीक्षा भइरहेको जनाएको छ।

“प्रादेशिक अस्पताल कलैया,बारामा एआरभी भ्याक्सिन हाल सकिएकोले सम्बन्धित सबै सेवाग्राहीमा जानकारी गराइन्छ ।यसबाट सेवाग्राहीहरूमा पर्न गएको असुविधाप्रति अस्पताल क्षमाप्रार्थी छ ।” आस्पतालद्वारा जारी सूचनामा उल्लेख छ

अस्पतालका अनुसार मधेश प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र, जनकपुरधामबाट भ्याक्सिन प्राप्त भएपछि सेवा पुनः सञ्चालन हुने छ।

एन्टी रेबिज भ्याक्सिन कुकुरले टोकेको घटनामा अनिवार्य रुपमा दिइने खोप हो। पछिल्ला दिनमा यो भ्याक्सिनको आपूर्ति नहुँदा उपचारका लागि आएका बिरामीहरूलाई असुविधा भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर