Sunday, September 27, 2026

बारामा नयाँ प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रले सम्हाले कार्यभार

Advertisement
Advertisement

कलैया,१९ कात्तिक  । बाराका नयाँ प्रमुख जिल्ला अधिकारी(प्रजिअ)धमेन्द्र कुमार मिश्रले मंगलवारबाट कार्यभार सम्हालेका छन् ।

जिल्ला प्रशासन कार्यालय बारामा भर्खरै सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी मिश्रले कार्यालयमा हाजिर भएर आफ्नो कार्यभार ग्रहरण गरेका हुन् ।

प्रजिअ मिश्रले कार्यभार ग्रहणपछि उनले बारा जिल्लामा सुशासन, प्रशासनिक सुधार र नागरिकलाई प्रभावकारी र दक्ष सेवा प्रवाहमा पहिलो प्राथमिकताका साथ काम गर्ने बताएका छन ।

सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई,जिल्ला प्रशासन कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तामाङ, सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर के.सी,राष्ट्रिय अनुसन्धानका उप–निर्देशक सरोज निरौला,जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु लगायतले प्रजिअ मिश्रलाई स्वागत गरेका थिए।

बाराका तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलको ६० दिनमै कात्तिक ९ गते आइतबार सरुवा भएको थियो । भदौ ११ गते बारा आएका पौडेललाई गृह मन्त्रालयले मन्त्रालय अन्तर्गतको कामकाजका लागि खटाएको हो । उनको स्थानमा गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी रहेका मिश्रलाई बारामा पठाएको हो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर