Friday, June 5, 2026

सडक निर्माणमा सहजिकरणका लागि प्रजिअलाई ज्ञापन

spot_img

कलैया,१९ कात्तिक । सडक निर्माणमा आवश्यक समन्वय तथा सुरक्षा माग गर्दै बारा कलैयाका यूवा अभियन्ताहरुले मंगलबार ज्ञापनपत्र दिएका छन्। बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई सौरम पाण्डेय र सौरभ चौगाईको नेतृत्वमा गएको टोलिले ज्ञापनपत्र दिएको हो।

ज्ञापनपत्र दिनेमा सुमित पटेल,संजय चौधरी,विकि गुप्ता,अमित तिवारी,एजाजुल अंसारी,दिपेन्द्र साह,राजाबाबु गुप्ता,जावेद आलम,राजेश कुमार तथा बाराका यूवा अभियन्ताहरु ल्गायतका रहेका थिए। ज्ञापनपत्रमा मानवत मटिअर्वा अन्तर्गत अधुरो रहेको साढे तीन कि.मि. सडक बाराका युवाहरु तथा बारावासिको पहल तथा दवाबमा निर्माण कार्य पुनः सुरु भएको उल्लेख छ।

उक्त सडकमा निर्माण व्यवसायि कम्पनीलाई सहजिकरण सुरक्षा तथा त्यस सम्बन्धी कार्य गर्ने विद्युत खानेपानी नेपाल टेलिकम तथा कलैया उपमहानगरपालिकाको कार्यालय संग समन्वय गरी आ–आफ्ना काम कर्तव्य समयमा पुरा गरि विकास कार्यमा कुनै प्रकारको बाधा नआउने गरि निर्देशन सहजिकरण तथा आवश्यक सुरक्षाको व्यवस्था मिलाइ विकास कार्यमा सहज वातावरण मिलाइ दिन ज्ञापनपत्रमा माग गरिएको छ। प्रमुख जिल्ला अधिकारी मिश्रले आफ्नो तर्फ बाट पुरै सहयोग गर्ने आश्वासन समेत यूवाहरुको टोलिलाई दिएको यूवाहरुले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर