Friday, June 5, 2026

बारामा सुशासन र छिटोछरितो सेवा प्रवाहका लागि प्रजिअ मिश्रको प्रतिवद्धता

spot_img

कलैया,२० कार्तिक । जिल्ला प्रशासन कार्यालय बारामा सुशासन र सेवा प्रवाह छिटोछरितो गर्ने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले प्रतिबद्धता गरेका छन् ।

हालै सरुवा भएर बारा आएका प्रजिअ मिश्रले जिल्ला प्रशासन कार्यालय बारामा बिहिवार भएको पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा यस्तो बताएका हुन् । साथै उनले कुनै पनि राजनीतिक दलको दबाबमा नपरी काम गर्ने र कानुन अनुसार जनताका लागि काम गर्ने बताएका छन्।

उनले बारा जिल्लामा शान्ति सुरक्षा व्यवस्था कायम गर्ने जनाए । सुशासनको पर्वधन,अपराध न्यूनीकरण र सभ्य समाजको परिकल्पना गर्ने लगायतमा आपूmले ध्यान दिने उनले सुनाए। सुशासन कायम गर्न प्रतिबद्धता उनले जनाए।

जिल्लामा रहेका सरकारी कार्यालयहरुको कर्मचारी र प्रमुखहरुको कार्य शैली पनि परिवर्तन आवश्यक देखिएको हुनाले त्यसलाई पनि परिवर्तन गरेर सेवा प्रवाहलाई प्रभावकारिता गर्ने/गराउने, सुरुवात आफ्नो कार्यालयबाट गर्ने उनले जनाए।

जिल्लामा कुनै किसिमका घुस,रिश्वत वा अन्य ब्यक्तिगत फाइदाका विषयमा कोहि लाग्छन् भने त्यसलाई कानुनको दायरामा ल्याउने र जनतालाई सेवा दिदा खेरी बिना मूल्य र पारदर्शी ढङ्गले छिटोछरितो सेवा प्रदान गर्ने उनले  प्रतिबद्धता व्यक्त गरे।

भ्रष्टाचार मुक्त गर्नेलाई प्राथमिकताका साथ अगाडि बढ्ने उनले प्रतिबद्धता गरेका छन् । जिल्लामा सबैसंग समन्वय र सहकार्य गरि अगाडि बढ्ने उनले बताएका छन्।

उक्त भेटघाट तथा परिचयात्मक कार्यक्रममा बाराका सहायक प्रमुख जिल्ला अधिकारी छ्विरमण भट्टराई,कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह,जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तामाङ,सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणका गणपति एवम् सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर के.सी,राष्ट्रिय अनुसन्धान बाराका उप– निर्देशक सरोज निरौला लगायतको उपस्तिथि रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर