Sunday, September 27, 2026

निवर्तमान सांसद किसान श्रेष्ठ अब बाराका मतदाता बने

Advertisement
Advertisement

कलैया,२२ कात्तिक । बारा क्षेत्र नम्बर ४ का निवर्तमान सांसद किसान श्रेष्ठ अब बाराका मतदाता बनेका छन्। उनले शुक्रबार जिल्ला निर्वाचन कार्यालय बारामा पुगेर आफ्नो मतदाता नामावली तनहुँबाट बारा स्थानान्तरण गरेका हुन्।

श्रेष्ठले जीतपुरसिमरा उपमहानगरपालिका–४ मा बसाइँसराइ दर्ता पनि गरेका छन्। जेन–जी आन्दोलनका क्रममा आगजनीमा परेको आफ्नो घर मर्मत गरी उनी केही समयदेखि यहीँ बसोबास गर्दै आएका हुन्।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एकीकृत समाजवादी पार्टीका तर्फबाट बारा–४ बाट विजयी भएका श्रेष्ठले त्यतिबेला तनहुँमा मतदाता नामावली रहेकाले आफ्नै क्षेत्रमा मतदान गर्न पाएका थिएनन्। नामावली सारिएपछि अब उनले बाराबाटै आगामी निर्वाचनमा मतदान गर्न पाउने भएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर