Wednesday, July 22, 2026

बारामा फर्जी नम्बर प्लेटको मोटरसाइकलसहित एक युवक पक्राउ

कलैया,२२ कात्तिक ।  काठमाण्डौंबाट चोरी भएको फर्जी नम्बर प्लेटको मोटरसाइकलसहित बारामा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको बारागढी गाउँपालिका वडा नं.३ मुर्किपलिया बस्ने २१ वर्षीय सुरेश महतो रहेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता एवंम् प्रहरी निरीक्षक खेमप्रसाद नेपालले जानकारी दिएका छन् ।

नुवाकोट तारकेश्वर गाउँपालिका वडा नं.३ बस्ने विनोद श्रेष्ठको बा.प्र.०२–०४० प ४५६७ नम्बरको २२० सि.सि.को बजाज कम्पनीको पल्सर मोटरसाईकल हराएको थियो। २०८२ जेठ २५ गते दिउँसो १५ः०० बजेको समयमा जिल्ला काठमाण्डौँ कीर्तिपुर नगरपालिका वडा नं.६ मञ्जु श्रीपार्कमा पार्किङ्ग गरि राखेको अवस्थाबाट मोटरसाईकल चोरी भएको थियो।

उक्त चोरी भएको मोटरसाईकल खोज तलास गर्ने क्रममा शुक्रबार बेलुका २१ः०० बजेको समयमा बारा जिल्लाको बारागढी गाउँपालिका वडा नं.३ श्रीपुरा टोल स्थित इलाका प्रहरी कार्यालय बारागढी बाराबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले बरामद गरेको हो।

मोटरसाईकलमा फर्जी बागमती प्रदेश ०२–०४०– प २३१९ नम्बरको नम्बर प्लेट हाली मुर्किपलिया गाँउबाट श्रीपुरा गाँउ तर्फ चलाई रहेको अवस्थामा प्रहरीले वरामद गरेको हो। पक्राउ परेका चालक महतोलाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर