Sunday, September 27, 2026

प्रदर्शनपछि अवरुद्ध राष्ट्रिय परिचयपत्र सेवा सिमरामा फेरि सुरु

Advertisement
Advertisement

कलैया,०३ मंसिर । ईलाका प्रशासन कार्यालय सिमरा बाराबाट ( बुधबार ) आजदेखि राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सिमरामा सुचारु हुने भएको छ।

भदौं २३ र २४ गतेको प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुको आक्रमणबाट कार्यालयमा भएको राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्ने मेशिन/उपकरण नष्ट भई राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा बन्द भएको थियो। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट एक सेट उपकरण प्राप्त भएकोले अवरुद्ध सेवा पुनः सुचारु हुने उक्त कार्यालयले जनाएको छ।

सेवाग्राहीको चापलाई ध्यानमा राखी सेवामा सहजता होस् भन्ने हेतुले टोकनका आधारमा सेवा उपलब्ध गराउने विगतको व्यवस्थालाई निरन्तरता दिइएको कार्यालयले जनाएको छ। सेवा दिँदा यस कार्यालयबाट भदौ २४ अगाडि टोकन उपलब्ध गराइएका सेवाग्राहीलाई प्राथमिकता दिइनेछ ।

कार्यालयबाट उपलब्ध गराइएको टोकनको आधारमा सेवा प्रदान गरिने भएकोले सेवा लिन आउँदा टोकन अनिवार्य लिई आउन इलाका प्रशासन कार्यालय सिमराले सेवाग्राहीसंग अनुरोध गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर