Sunday, September 27, 2026

बारामा मोटरसाइकलको डिक्कीमा लुकाइएको १० लाख ८० हजारसहित एक जना पक्राउ

Advertisement
Advertisement

कलैया,०३ मंसिर । बारामा सशस्त्र प्रहरीले श्रोत नखुलेको रकम सहित एक जनालाई बुधबार पक्राउ गरेको छ।

बिश्रामपुर गाउँपालिका वडा नं. ०४ बलिरामपुरस्थित नेपाल-भारत सीमा क्षेत्रमा बोर्डर आउट पोष्ट बरैनियाबाट खटिएको टोलीले श्रोत नखुलेको रकमसहित मानिसलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी निरीक्षक सन्दिप के.सी.को टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको नेपाली नम्बर प्लेटको मोटरसाइकललाई शंका लागि एक जनालाई जाँच गरेको हो।

मोटरसाइकलको डिक्कि भित्र लुकाई राखेको श्रोत नखुलेको नेपाली रुपैयाँ १० लाख ८० हजार र मोटरसाइकलको एक लाख ५० हजार गरी १२ लाख ३० हजार बराबर रुपैयाँसहित उक्त व्यक्तिलाई नियन्त्रणमा लिई वीरगंज भन्सार कार्यालयमा वुझाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गणका गणपति एवम् सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर