Friday, June 5, 2026

बारामा प्रहरी र तस्कर समूहबीच गोली हानाहान

spot_img

वीरगन्ज,०८ मंसिर । बारामा तस्कर र प्रहरीबीच जम्काभेट हुँदा ९ राउण्ड गोली प्रहार भएको छ। जिल्लाको पचरौता नगरपालिका वडा नं ६ चिकनी टोल स्थित खटिएको प्रहरीको टोलीले ७ राउण्ड र तस्कर समूहले २ राउण्ड गोली प्रहार गरेका थिए ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको गस्ती टोलीले चिकनी स्थित भारतको हनुमाननगर तर्फबाट मोटरसाइकल चलाएर आएको र नम्बर नखुलेको ट्रयाक्टरमा तस्करीको समान लोड गरी आउँदै गरेको अन्दाजी २५ जना तस्करको टोलीलाई एक्कासी रोक्न समात्न खोज्दा प्रहरी माथि नै तस्करहरुले कटुवा पेस्तोलबाट २ राउण्ड गोली फायर गरेको थियो। भने जवाफमा प्रहरीले ९ एमएमको पेस्तोलबाट ७ राउण्ड गोली फायर गरेको थियो।

प्रहरीको जवाफी फायरिङ पछि तस्कर समुह फरार भएको थियो भने उनीहरुको साथमा रहेको बिआर ०५ बिएल ४१५४ नम्बरको बजाज कम्पनीको पल्सर, बिआर ०५ बि ६८६४ नम्बरको सुपर स्पेलण्डर, बिआर ०५ बिडी ९८२१ नम्बरको बजाजको पल्सर र बिआर ०५ ऐडब्लु ०५०१ नम्बरको हिरो स्पेलण्डर गरी ४ वटा भारतीय मोटरसाइकल र सामसुङ कम्पनीको मोबाइलमा एयरटेल सिम र एनसेलको सिम र भारतीय नागरिक रंजित कुमारको नाममा रहेको सवारी चालक अनुमतिपत्र (लाईसेन्स) प्रहरीले फेला पारेको बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।

दशगजा क्षेत्रमा भएको घटनाको विषयमा बारा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर