Thursday, June 4, 2026

पर्सामा श्रोत नखुलेको १० लाख हुण्डीको रकमसहित एक जना पक्राउ

spot_img

कलैया,१२ मंसिर । पर्सा प्रहरीले श्रोत नखुलेको १० लाख हुण्डीको रकम सहित एक भारतीय नागरिकलाई शुक्रबार पक्राउ गरेको छ।

पक्राउप र्नेमा भारत बिहार राज्य रक्सौल वडा नम्बर १ वस्ने ५३ वर्षीय सुरेन्द्र साह रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी राजु कार्कीले जानकारी दिएका छन्।

साहलाई पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ स्थित रजत जयन्ति चोकस्थित सडक खण्डमा प्रहरीले पक्राउ गरेको हो।

उनी मधेश प्रदेश ०३ ०२५ प ९८०७ नम्बरको मोटरसाइकलमा चढेर आउँदै थिए। मोटरसाइकलको बाँया एयर फिल्टरतर्फ लुकाई राखिएको सो रकम बरामद भएको हो।

बरामद रकममा एक हजार दरको सात सय थान सात लाख रुपैयाँ रहेको छ। यस्तै पाँच सय दरको छ सय थान गरी तीन लाख रहेको छ।

सुरेन्द्र साह माथि आवश्यक अनुसन्धान भइरहेको डिएसपी कार्कीले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर