Friday, June 5, 2026

बारामा एपीएफ र एसएसबी बीच बटालियनस्तरीय बैठक सम्पन्न

spot_img

कलैया,१४ मंसिर । बारामा सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बल (एसएसबी) बीच बटालियनस्तरीय बैठक सम्पन्न भएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वाटरको सभाहलमा आइतबार बसेको उक्त बैठकमा नेपाल-भारत सीमाक्षेत्रको समग्र सुरक्षा व्यवस्थापनबारे छलफल भएको हो ।

नेपाल भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन, सीमा स्तम्भको मर्मत रङरोगन, दशगजा क्षेत्रमा हुने लोकल अकुपेन्सि हटाउने, सीमा अपराध नियन्त्रण, तेश्रो देशका नागरिकहरूवाट हुन सक्ने आवतजावत, चोरी तस्करी नियन्त्रण, लागु औषध ओसारपसार नियन्त्रण जस्ता विषयहरूमा बैठकमा छलफल भएको हो। त्यसैगरी दुवै देशका लोकलदेखि बटालियन लेभलका कमाण्डरहरू बिच सूचना सम्प्रेषण गर्ने विषयमा छलफल समेत सो बैठकमा भएको हो।

उक्त बैठकमा सशस्त्र प्रहरी बल ११ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारी, सशस्त्र प्रहरी १२ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसी, सशस्त्र प्रहरी १३ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक पुर्णचन्द्र भट्ट,भारतीय सीमा सुरक्षा बल ४४ नम्बरका बटालियन कमान्डेण्ट बलवन्त सिंह नेगी,४७ नम्बर बटालियन दोस्रो कमान्ड सन्जय रावत, ७१ बटालियनका सेकेण्ड ईन कमाण्ड निरज कुमारको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर