Monday, July 20, 2026

बारामा प्रेस काउन्सिलको टोलीद्वारा अनुगमन

कलैया,१७ मंसिर । प्रेस काउन्सिल नेपालको टोलिले बारामा बुधबार अनुगमन गरेको छ।

काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल तथा गुनासो सुन्ने अधिकारी एवम् उप– प्रशासकीय अधिकृत राधेश्याम अधिकारीको टोलिले बाराको जिल्ला हुलाक कार्यालय, स्टेसनरी,पत्रपत्रिकाको कार्यालयको अनुगमन गरेको हो।

उक्त टोलिले जिल्ला हुलाक कार्यालयमा पत्र पत्रीकाको अवस्था, विज्ञापन बोर्ड सूचना,अभिलेख,साप्ताहिक पत्रीका सम्बन्धी अनुगमन तथा निरीक्षण गरेको हो। बारा जिल्लाबाट प्रकाशित हुने स्थानीय पत्र पत्रीकाको प्रधान कार्यालयमा समेत उक्त टोलिले अनुगमन गरेको छ।

मुख्य अधिकृत भुसालका अनुसार अहिले हालको अवस्थामा बजारमा पत्रपत्रीकाहरु नदेखिने गरेको र विभिन्न स्थानहरुबाट गुनासो आएको सन्दर्भमा अनुगमन भएको हो। स्थानीय र सरोकारवालाहरुले दैनिक पत्रीकाहरु केही देखिने गरेपनि साप्ताहिक पत्रीकाहरु नदेखिने र नभेटिने गरेको बताएका छन् ।

अधिकांस पत्रीकाले प्रिन्टलाईनमा आफ्नो कार्यालयको ठेगाना उल्लेख नगरेको हुँदा तुरुन्त अर्को अंक देखि उल्लेख गरेर मात्र प्रकाशन गर्न सुझाव दिए।

विशेष गरि यो क्षेत्रका पत्र पत्रीकाहरुले कतिपय बिज्ञापन प्रकाशनमा गैर पेशागत आचारण गरेको भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजूरी धेरै पर्ने गरेकोले त्यसतर्फ गम्भीर बन्न उनले आग्रह गरे।

उक्त काउन्सिलका टोलीले अनुगमनका क्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश सुवेदी,जिल्ला हुलाक कार्यालय बाराका हुलाक अधिकृत दिपककुमार पटेलसंग पनि छलफल गरेको छ ।कलैया । प्रेस काउन्सिल नेपालको टोलिले बारामा बुधबार अनुगमन गरेको छ।

काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल तथा गुनासो सुन्ने अधिकारी एवम् उप– प्रशासकीय अधिकृत राधेश्याम अधिकारीको टोलिले बाराको जिल्ला हुलाक कार्यालय, स्टेसनरी,पत्रपत्रिकाको कार्यालयको अनुगमन गरेको हो।

उक्त टोलिले जिल्ला हुलाक कार्यालयमा पत्र पत्रीकाको अवस्था, विज्ञापन बोर्ड सूचना,अभिलेख,साप्ताहिक पत्रीका सम्बन्धी अनुगमन तथा निरीक्षण गरेको हो। बारा जिल्लाबाट प्रकाशित हुने स्थानीय पत्र पत्रीकाको प्रधान कार्यालयमा समेत उक्त टोलिले अनुगमन गरेको छ।

मुख्य अधिकृत भुसालका अनुसार अहिले हालको अवस्थामा बजारमा पत्रपत्रीकाहरु नदेखिने गरेको र विभिन्न स्थानहरुबाट गुनासो आएको सन्दर्भमा अनुगमन भएको हो। स्थानीय र सरोकारवालाहरुले दैनिक पत्रीकाहरु केही देखिने गरेपनि साप्ताहिक पत्रीकाहरु नदेखिने र नभेटिने गरेको बताएका छन् ।

अधिकांस पत्रीकाले प्रिन्टलाईनमा आफ्नो कार्यालयको ठेगाना उल्लेख नगरेको हुँदा तुरुन्त अर्को अंक देखि उल्लेख गरेर मात्र प्रकाशन गर्न सुझाव दिए।

विशेष गरि यो क्षेत्रका पत्र पत्रीकाहरुले कतिपय बिज्ञापन प्रकाशनमा गैर पेशागत आचारण गरेको भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजूरी धेरै पर्ने गरेकोले त्यसतर्फ गम्भीर बन्न उनले आग्रह गरे।

उक्त काउन्सिलका टोलीले अनुगमनका क्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश सुवेदी,जिल्ला हुलाक कार्यालय बाराका हुलाक अधिकृत दिपककुमार पटेलसंग पनि छलफल गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर