Friday, June 5, 2026

वीरगञ्जमा प्रेस काउन्सिलको टोलीले गर्यो बजार अनुगमन

spot_img

वीरगञ्ज,१९ मंसिर । प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसाल तथा उपप्रशासकीय अधिकृत राधेश्याम अधिकारीको टोलीले पर्सा जिल्लाको वीरगञ्जमा बिहीबार पत्रपत्रिका वितरणको बजार अनुगमन गरेको छ।

उक्त टोलीले वीरगञ्ज स्थित घण्टाघर, माइस्थान पुस्तक पसल र झिंगु स्टेशनरीका साथै वीरगन्जको बजारमा पत्रपत्रिका वितरण स्थितिबारे अनुगमन गरेको हो । अनुगमनको क्रममा जिल्लाबाट प्रकाशन हुने दैनिक पत्रिका धेरैजसो पसल तथा बजारमा देखिए, भेटिएपनि साप्ताहिक पत्रिका नभेटिएको मुख्य अधिकृत भुसालले बताएका छन ।

अनुगमनका क्रममा काठमाडौंबाट प्रकाशन हुने पत्रिकाको अवस्था पनि उस्तै रहेकोे पाईयो, भुसालले भने’ । राजधानी काठमाडौंबाट प्रकाशन हुने अधिकांश दैनिक पत्रिका भेटिएका तर साप्ताहिक पत्रिका कुनै पनि नभेटिएको मुख्य अधिकृत भुसालले बताएका छन् ।

छापा माध्यमलाई बिक्न र टिक्न गा-हो भएको, पत्रपत्रिका छपाई र वितरण खस्केको, बजारमा पत्रिका नदेखिने जस्ता समस्या रहेको भन्ने विभिन्न सरोकारवालाको भनाइ रहिरहेको अवस्थामा यथार्थता बुझ्न काउन्सिलले जिल्ला जिल्लामा अनुगमन सुरु गरेका मुख्य अधिकृत भुसालले बताए। यता पत्रपत्रिका बिक्रीमा झण्डै ७० प्रतिशतसम्म घटेको भन्दै बिक्रेता(पत्रिका पसल)को पेशा पनि सङ्कटमा परेकोले के गर्ने भन्ने अन्योलमा रहेको बिक्रेताहरुको भनाई छ ।

पर्सामा बजार अनुगमन भएपनि सार्वजनिक बिदाको कारण विभिन्न निकायसँग छलफल हुन नसकेको साथै समय अभावले पत्रपत्रिकाको कार्यालय अनुगमन गर्न नसकिएकाले छिट्टै कार्यालय अनुगमन समेत गरिने उपप्रशासकीय अधिकृत अधिकारीले जानकारी गराएका छन ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर