Friday, June 5, 2026

कोल्हवीको मठवा सब-स्टेसनमा अज्ञात समूहद्वारा ट्रान्सफर्मर तोडफोड

spot_img

कोल्हबी,२१ मंसिर । बाराको कोल्हवी नगरपालिका वडा न.१ मठवामा रहेको विद्युत सब स्टेसनमा राखिएको ट्रान्सफरमरमा शुक्रबार राती अज्ञात समूहले तोडफोड गरेको छ।

करिब नौ बजेको समयमा त्यहाँ रहेका चौकिदार खाना खान गएको मौका छोपी चार पाँच जनाको समूहमा आएका ब्यक्तीहरुले ट्रान्सर्फमर तोडफोड गरेका हुन्। ट्रान्सफर्मर तोडफोड पश्चात् बिहान ८ बजे ईलाका प्रहरी कार्यालय कोल्हवी घटना स्थलमा पुगेको थियो। प्रहरीका अनुसार मर्मत नगरी सुचारू गर्न नसक्ने अवस्थामा ट्रान्सर्फमर रहेको छ।

कोल्हवीमा विद्युतको कम भोल्टेजले दिक्क भएका जनताहरुलाई केही राहत पुगोस भनी बैकल्पिक रुपमा उक्त ट्रान्सर्फमर जडान गरिएको कोल्हवी नगरपालिकाका मेयर राम प्रसाद चौधरीले बताए। उनले उक्त घटना प्रति आफू निकै दुखित भएको बताए।

विद्युत ट्रान्सफर्मरमा क्षति पु-याउने व्यक्तिहरुको पहिचान गरी कडा भन्दा कडा सजाय दिलाउन प्रशासनसंग जोडदार माग गरेका छन्। यता इलाका प्रहरी कार्यालय कोल्हवीले उक्त घटनाका दोषीहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने जानकारी दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर