15.8 C
Kalaiya

Sunday, December 14, 2025
spot_img
15.8 C
Kalaiya
Sunday, December 14, 2025

जीतपुरसिमरामा कडा रोगका १९ जना बिरामीलाई रु.८ लाख ५० हजार रुपैया बितरण

spot_img
spot_img

बारा,२८ मंसिर  । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले कडा रोगका १९ जना बिरामीहरुलाई रु.८ लाख ५० हजार रुपैया बितरण गरेको छ ।

Advertisement

उपचार कार्यविधि २०८२ अनुसार उपचार सहायताका लागि परेका निवेदनहरूको प्रक्रिया पूरा गर्दै योग्य बिरामीहरूलाई आर्थिक सहायता प्रदान गरेको छ।उपमहानगरपालिकामा उपचार सहायताका लागि ६१ जनाबाट निवेदन प्राप्त भएको थियो। ती निवेदनहरूको कार्यविधिअनुसार छानबिन तथा मूल्याङ्कन गर्दा १९ जना निवेदक सहायता पाउन योग्य ठहरिएको उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रबि भाष्करले जानकारी दिए ।

Advertisement

योग्य ठहरिएका १९ जना कडा रोगी बिरामीलाई कूल ८ लाख ५० हजार रुपैयाँ बराबरको उपचार सहायता रकम सम्बन्धित बिरामीहरूको बैंक खातामा प्रत्यक्ष रूपमा जम्मा गरिएको उपमहानगरपालिकाले जनाएको छ।कार्यविधिअनुसार प्रत्येक बिरामीलाई रोगको प्रकृति र अवस्थाका आधारमा न्यूनतम २५ हजार रुपैयाँदेखि अधिकतम ५० हजार रुपैयाँसम्म आर्थिक सहयोग प्रदान गरिएको हो।

Advertisement

यस कार्यक्रममार्फत कडा रोगबाट पीडित नागरिकहरूको उपचारमा केही राहत पुग्ने विश्वास उपमहानगरपालिकाले व्यक्त गरेको छ।उपमहानगरपालिकाका अनुसार जटिल रोग अन्तर्गत कडा किसिमका मुटु रोग, मध्यम किसिमका मुटु रोग, मृगौला रोग (प्रत्यारोपण तथा डायलाइसिस), क्यान्सर, पार्किन्सन्स, अल्जाईमर, स्पाइन इन्जुरी, हेड इन्जुरी, अप्लास्टिक एनिमिया, सिकलसेल, थालासिमिया तथा मस्तिष्कघात (स्ट्रोक) लगायतका रोगहरू पर्दछन्।

उपमहानगरपालिकाले उपचार सहायता वितरण प्रक्रिया पारदर्शी, नियमसंगत र निष्पक्ष ढंगले अघि बढाइएको स्पष्ट पार्दै आवश्यक कागजात अपुग वा मापदण्ड नपुगेका निवेदकहरूले आगामी दिनमा प्रक्रिया पूरा गरी पुनः निवेदन दिन सक्ने जानकारी पनि दिएको छ। साथै, भविष्यमा पनि यस्ता सामाजिक सुरक्षा तथा स्वास्थ्य उपचार सहयोग कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता उपमहानगरपालिकाले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर