Sunday, September 27, 2026

पर्सामा लागुऔषध सहित चार जना पक्राउ

Advertisement
Advertisement

पर्सा, ०५ पुस । पर्सा प्रहरीले लागुऔषध खैरो हिरोइन ४५ ग्राम पदार्थ सहित चार जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१५ प्रतिमा चोकस्थित सडकखण्डमा प्रहरी चौकी बसपार्क र लागु औषध नियन्त्रण व्यूरो बीरगञ्ज पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।

संकास्पदरूपमा हिडिंरहेका अवस्थामा भेटी शरीर तलासी गर्दा सो मध्येका वीरगञ्ज महानगरपालिका वडा नं.१९ विन्दवासिनी बस्ने वर्ष ३० को शम्भु राउत कम्करले लगाएको जिन्स पाइन्टको दाँहिने खल्तीमा कागजले बेरिएको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ४५ ग्राम फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं.१९ बिन्दवासिनी बस्ने अन्दाजी ३० वर्षीय शम्भुराउत कम्कर, वीरगञ्ज महानगरपालिका वडा नं.१६ अन्दाजी १९ वर्षीय चन्दनकुमार पंडित, बहुदरमाई नगरपालिका वडा नं.१ बस्ने अन्दाजी ४० वर्षीय राजकिशोर मिश्रा र भारत बिहार राज्य मोतिहारी जिल्ला छटौनी थाना वडा नं.६ बस्ने अन्दाजी २७ वर्षीय सचिन सिंह रहेका छन्।

उक्त लागु औषधसहित पक्राउहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर