Monday, October 5, 2026

जेनजी आन्दोलनमा जेलबाट फरार बाराका २ जना पक्राउ 

Advertisement
Advertisement

कलैया, ०९ पौष। भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागार (जेल) बाट फरार भएका बारा २ जना कैदीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको विश्रामपुर गाउँपालिका वडा नं ४ बस्ने २५ वर्षिय प्रदेशी भन्ने सुदामा पासवान र परवानीपुर गाउँपालिका वडा नं २ बस्ने ३२ वर्षिय विवेकलाल साह कानु रहेका छन्।

कर्तव्य ज्यान (हत्या अभियोग) मुद्दामा सुदामा पासवानलाई अदालतले २५ वर्ष जेल सजाय तोकेकोमा जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागार काठमाडौबाट फरार भएका थिए भने उनलाई गोप्य सूचनाका आधारमा प्रहरी वीरगन्ज महानगरपालिका वडा नं १५ भिस्वाबाट पक्राउ गरी वीरगन्ज कारागारमा बुझाएको छ।

यस्तै परवानीपुरका विवेकलाल साह कानु बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन इजलास हेटौंडाको आदेशले ५० हजार रुपैयाँ धरौटी नतिर्दा केन्द्रीय कारागार कार्यालय सुन्धारा (भद्रगोल) मा चलान भएकाेमा आन्दोलनको दिन फरार भएका थिए भने उनलाई वीरगन्ज महानगरपालिका वडा नं ४ विर्तामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरी वीरगन्ज कारागारमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर