Tuesday, August 4, 2026

“मधेशमा आफ्नै रेडियो र टेलिभिजन संचालनमा ल्याइनेछ”- अर्थमन्त्री यादव

जनकपुर, ११ पौष। मधेश प्रदेश सरकारका अर्थमन्त्री महेश यादवले प्रदेशमा आफ्नै रेडियो र टेलिभिजन संचालनमा ल्याउने बताएका छन्।

मिडिया काउन्सिल मधेश प्रदेशद्वारा धनुषामा आयोजित विश्वसनीय पत्रकारिताका लागि सुचनाको हक सम्बन्धी कानुनको उपयोगिता विषयक दुई दिवसीय गोष्ठी कार्यक्रमको उद्घाटन सत्रमा उनले पत्रकारलाई महत्वपूर्ण अंगको रुपमा बताउँदै प्रदेश सरकारले आफ्नै टिभी र रेडियो संचालन गर्नको लागि बजेट बिनियोजन गरेको बताए।

उनले भने, “हाम्रो मधेश प्रदेशले एउटा छुट्टै किसिमको छलाङ्गहरु मार्दै आएको अवस्था पनि हो। र अब मधेश प्रदेशले आफ्नै टिभी संचालन गर्ने र आफ्नै रेडियो संचालन गर्ने भन्ने ध्येयका साथ बजेटहरु बिनियोजन गरेको कुरा तपाईंहरुलाई अवगत भएको हो।” उनले थपे, “आमसञ्चार प्राधिकरणका अध्यक्ष जीसंग बारम्बार हाम्रो छलफल पनि हुँदैछ। एलाई चाँही कसरी हामी तिब्र गतिमा बढाउन सक्छौं भनेर।”

पर्सा र बारा सहित ८ वटै जिल्लाका संचारकर्मीहरुको सहभागिता रहेको उक्त गोष्ठी कार्यक्रममा प्रमुख अतिथिको रुपमा मधेश प्रदेशका अर्थमन्त्री महेश यादव, विशिष्ट अतिथिमा आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्का, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक केसी लामिछाने, मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा लगायतका हरुको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन सत्रमा संचारकर्मी अजय साहले सहभागीहरुलाई मौलिक हक, सुचनाको हक सम्बन्धी प्रशिक्षण दिएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर