कलैया, १७ पुस । नेपाली बजारमा आज (बिहिवार) सुनचाँदीको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस अघि बुधबार सुन प्रतितोला २ लाख ६१ हजारमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य ४ हजार ४ सय १५ कायम भएको महासङ्घले जनाएको छ ।
यस अघि बुधबार चाँदी प्रतितोला ४ हजार ४ सय ७० मा कारोबार भएको थियो ।





