Monday, July 20, 2026

बारामा ३२ नयाँ मतदान केन्द्र थपियो

कलैया,२४ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै बारा जिल्लामा मतदान केन्द्रको संख्या बढाइएको छ। जिल्ला निर्वाचन कार्यालयले ३२ वटा नयाँ केन्द्र थप गरेसँगै जिल्लाभर ५८७ मतदान केन्द्र कायम गरेको छ।

जिल्ला निर्वाचन अधिकारी नवीन चौधरीका अनुसार जिल्लामा ३०५ वटा मतदानस्थल निर्धारण गरिएका छन्। मतदाताको चाप र सहज मतदान सुनिश्चित गर्न यसअघि रहेका ५५५ केन्द्रमा थप गरी संख्या विस्तार गरिएको हो।

चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ मा ८६ मतदानस्थल र १६१ मतदान केन्द्र छन्। यस क्षेत्रमा १ लाख २३ हजार ९८५ मतदाता सूचीकृत छन्। क्षेत्र नं २ मा ८२ मतदानस्थल र १४५ मतदान केन्द्रबाट १ लाख १३ हजार ८३९ मतदाताले मतदान गर्नेछन्।

त्यसैगरी निर्वाचन क्षेत्र नं ३ मा ७६ मतदानस्थल र १४४ मतदान केन्द्र तोकिएका छन्, जहाँ १ लाख १३ हजार ५२१ मतदाता छन्। निर्वाचन क्षेत्र नं ४ मा ६१ मतदानस्थल र १३७ मतदान केन्द्र कायम गरिएको छ, जसमा १ लाख १४ हजार ४३९ मतदाता रहेका छन्। निर्वाचन कार्यालयका अनुसार जिल्लाभर कुल ४ लाख ६५ हजार ७८४ मतदाताले प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्नेछन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर