कलैया, ३० पौष। आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रहरी (म्यादी प्रहरी)को बारामा छैठौ दिनसम्म झण्डै ७ हजार जनाले आवेदन दिएका छन्।
पौष २५ गते देखि म्यादी प्रहरीको लागि आवेदन खुला गरिएकोमा पहिलो दिन ६९ पुरुष र ६२ महिला गरी जम्मा एक सय ३१ जनाले आवेदन दिएका थिए भने दोस्रो दिन २६ गते नेपाल प्रहरीतर्फ पुरुष ९ सय ७, महिला एक सय १२, सशस्त्र प्रहरीतर्फ पुरुष एक सय ६०, महिला ४७ जना गरी एक हजार २ सय २६ जनाले आवेदन दिएका थिए।
यस्तै तेस्रो दिन २७ गते नेपाल प्रहरीतर्फ पुरुष ३ सय ८५, महिला २ सय १५, सशस्त्र प्रहरीतर्फ पुरुष ३ सय ९५, महिला ५ जना गरी एक हजार जना, चौथो दिन २८ गते नेपाल प्रहरीतर्फ पुरुष ९ सय ३९, महिला एक सय ९४, सशस्त्र प्रहरीतर्फ पुरुष ३ सय १३, महिला ४४ जना गरी एक हजार ४ सय ९० जनाले आवेदन दिएका थिए।
यसैगरी पौष २९ गते नेपाल प्रहरीतर्फ पुरुष ९ सय ७०, महिला ३ सय ३१, सशस्त्र प्रहरीतर्फ पुरुष २ सय ६४, महिला ५६ जना गरी एक हजार ६ सय २१ जना, आज ३० गते बुधबारको दिन नेपाल प्रहरीतर्फ पुरुष एक हजार ३८, महिला ८२, सशस्त्र प्रहरीतर्फ पुरुष २ सय ५१, महिला ३४ जना गरी एक हजार ४ सय ५ जनाले आवेदन दिएका छन्।
समग्रमा नेपाल प्रहरीतर्फ पुरुष ४ हजार ३ सय ८, महिला ९ सय ९६, सशस्त्र प्रहरीतर्फ पुरुष एक हजार ३ सय ८३, महिला एक सय ८६ जना गरी जम्मा ६ हजार ८ सय ७३ जनाले आवेदन दिएको बारा प्रहरीले जनाएको छ।
प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय बाराले ४ हजार ३४ जना निर्वाचन प्रहरीको माग गरेको छ। भने फारम भर्नको लागि माघ १ गतेसम्म अन्तिम समय म्याद तोकिएको छ।



